जिङ्गल शेयर गरेर राष्टधात ,भ्रष्टाचार विरोधि अभियानमा सहयोगको अपिल ।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २५ ०८:३६ बजे

काठमाण्डौ।नेकपा(मशाल)का प्रवक्ता राम वहादुर वुढाले आफ्नो फेसवुकवालमा राष्टधात जनधात र भ्रष्टाचार विरोधि अभियानमा सहभागी वनौ र यस सम्वन्धि सन्देशमुलक जिङ्गल शेयर गर्न अनुरोध गर्दै  स्टाटस लेखेका छन । जस्मा भनिएको छ देशमा नयाँ संविधान निर्माण भएको साढे सात वर्ष भन्दा बढी भयो । अन्याय ,अत्याचार ,शोषण ,दमन ,गरिबी ,अभाव ,महङ्गीभ्रष्टाचार ,बेरोजगारी,राष्ट्रघात ,जनघातबाट देश अहिले आक्रान्त भैरहेकोछ। शासकहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रले गर्दा राष्ट्रिय स्वाभीमान कमजोर बन्दै गइरहेको छ। जनताको शान्तिपूर्ण तरिकाले जीवन जिउन पाउने नैसर्गिक अधिकार छिनिएकोछ । आफ्नै देशमा गरिखान खोजे पनि स्वदेशमा केही उपाय नलागेर लाखौं नेपालीजन विश्वश्रमबजारमा आफुलाई बेच्न बाध्य छन् । 

नेपाल कम्युनिस्ट पार्टी ( मशाल)ले न्याय ,स्वतन्त्रता र राष्ट्रिय स्वाभीमानको पक्षमा तथा राष्ट्रघात ,जनघात ,भ्रष्टाचार र बेथिति को विरुद्धमा अभियान सन्चालन गर्ने क्रममा यो जिङ्गल प्रकाशन गरेकोछ । शेयर गर्नु हुन अनुरोध छ  भनि अपिल जारी गरेका छन। 



२०८० ज्येष्ठ २५ ०८:३६ बजे

प्रतिक्रिया