'अखण्ड भारत’को नक्सा राजनीतिक रूपले हेर्न हुँदैन : प्रधानमन्त्री प्रचण्ड 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २४ १२:५२ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले संसद्मा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा आफूले उक्त विषयलाई उठाएको बताएको

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, 'अखण्ड भारतको नक्साबारे कुरा भयो मैले गम्भीर रूपले नै। धेरै अध्ययन भइसकेको त थिएन तर, पनि जसरी मिडियामा आएको थियो त्यसरी नै मैले प्रश्न गरेँ के हो यो नक्सा नयाँ संसद् भवनमा रु भनेर मैले सोधे तर, उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन ऐतिहासिक र सांस्कृतिक नक्सा हो यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो योबारे अध्ययन गर्न बाँकी छ। मैले कुरा उठाएको हो।’

 

२०८० ज्येष्ठ २४ १२:५२ बजे

प्रतिक्रिया