देशमा राष्ट्रघात, जनघात तथा भ्रष्टाचारका घटनाहरू वढ्दोक्रममा मशालले गर्यो सर्घषको घोषणा

२३ गते देशव्यापीरूपमा विरोध सभाहरू , २४ गते कालो व्यानर, २५ गते जिङ्गल को व्यापक सेयर गरेर विरोध सन्देश दिने कार्यक्रम रहेको वताइन्छ।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २३ ०९:४६ बजे


नेकपा (मशाल) का महासचिव  सन्त वहादुर नेपालीले एक वक्तव्य प्रेसित गर्दै भनिएको छ पार्टीको  केन्द्रीय समितिको बैठक मिति २०८० जेठ १८देखि २०सम्म बसी बैठकले  प्रचण्ड नेतृत्वको सरकार बनेपछि  देशमा राष्ट्रघात, जनघात तथा भ्रष्टाचारका घटनाहरू कम नभइ वढ्दै गएको तथा एमसीसीको कार्यान्वयनको दौर चलिरहेको र त्यस सन्दर्भमा अमेरिकी सैनिकहरू ल्याउने तर्खर गरिएको छ । कार्यान्वयनको सिलसिलामा मोदी–लेखनाथ नगरपालिका प्रसारण लाइन र बुटवल–गोरखपुर प्रसारण लाइन बन्ने सम्झौता भएको छ ।

 वक्तव्यमा अगाडी भनिएकोछ  प्रचण्डको भारत भ्रमणका बेला फुकोट कर्णाली ४८० मेगावाट विद्युत उत्पादन गर्ने परियोजनालाई  भारतिय कम्पनी (एनएचपीसी ) लाई दिनु र अरूण तल्लो पनि भारतलाई दिने सम्झौता गर्नु ठूलो राष्ट्रघात भएको छ । भारतको नयाँ संसद भवनमा राखिएको मुरालमा लुम्बिनी र कपिलवस्तु, विराटनगर नेपाली भूभागलाई भारतमा समेट्नु नेपाल प्रतिको भारतीय विस्तारवादी नीति झन उजागर भएको छ । यस्तो अपमान देख्दादेख्दै प्रधानमन्त्रीले भ्रमणको बेलाकुरा नउठाउनु र कालापानी क्षेत्रलाई राधिकापुरको बाटोसित सट्टापट्टाको आसययुक्त अभिव्यक्ति दिनुलाई  आपत्तिजनक वताएका छन । राष्ट्रघाती नागरिकता विधेयक संसदको अधिकारलाई नै लत्याएर छलफल नै नगरी राष्ट्रपतिलाई सरकारले पत्र पठाएर प्रमाणीकरण गराएको, सत्तामा बस्नेहरूले नै सङ्गठित गिरोह सञ्चालन गरेर मानव तस्करी गरेको, आदि घटनाले गर्दा देशको राष्ट्रीयता झन नाजुक बनेको भनिएको छ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन सरकारका उच्च पदस्थ पूर्व मन्त्री, पूर्व सचिव, उनीहरूका छोराहरू समेतको सङ्गठित गिरोहले राज्य सत्ताको आडमा मानव तस्करी, ठगी र राष्ट्रद्रोहको काम गरेको तथा त्यसमा अझै माथिल्लो तहका नेताहरू पनि संलग्न रहेको आशङ्का भएकोले अपराधीहरू सजाय मुक्त हुन सक्ने सम्भावना भएको हुँदा यो प्रकरणका विरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय भएको छ । 

यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा भएको राष्ट्रघात तथा देशमा व्याप्त भ्रष्टाचार,महङ्गी,कालोबजारी, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण, लघुवित्तद्वारा गरिएको ठगी, मिटर व्याज प्रकरण, गिर्दो आर्थिक अवस्था, रासायनिक मलको अभाव आदि विषयमा २०८० जेठ २३ गते देशव्यापीरूपमा विरोध सभाहरू एकल वा संयुक्त रूपमा आयोजना गरिने २४ गते कालो व्यानर, २५ गते जिङ्गल  को व्यापक सेयर गरेर विरोध सन्देश दिने कार्यक्रम रहेको वताइन्छ। 

हालै नेपाल सरकारले भारतका एक जना वामपन्थीत्यो का नेता नेशनल लिवरेशन फ्रन्टका नेता दिनेश गोपलाई पक्राउ गरी भारत सरकारलाई बुझाउने काम गरिएको छ ।  नेपाल–भारत सुपुर्दगी सन्धि नै नभएको अवस्थामा सरकारले परराष्ट्र नीति विपरीत विदेशी नागरिकलाई पक्राउ गर्नु र सुपुर्दगी गर्नु सरकारको भारत प्रतिको दलालीको पराकाष्ठा हो ।

 वक्तव्यले टिकापुर काण्डका योजनाकार मानिने रेशम चौधरीलार्ई सरकारले गणतन्त्र दिवसको अवसर पारेर रिहा गर्नु सर्वोच्च अदालतको फैसलाको विपरीत भएको हुँदा त्यसको विरोध गरेको छ । नेकपाको स्थापना भएको ७४ वर्ष पूरा भई ७५ वर्षमा प्रवेश भएको अवसरमा यो वर्षलाई हिरक वर्ष मानिएको छ । यस वर्षमा नेपाली कम्युनिस्ट आन्दोलनका विविध पक्षहरू, स्थापनादेखि अहिलेसम्मको समीक्षा, नेपाली कम्युनिस्ट आन्दोलनले प्राप्त गरेका अनुभवहरू, प्रतिक्रियावादी सत्तासितको सङ्घर्ष, पार्टी भित्रको अवसरवाद विरुद्ध सङ्घर्ष, कार्यदिशाको प्रश्न आदि विषयमा बहस छलफल आवश्यक रहेको छ । यस सन्दर्भमा आगामी चैत्र महिनामा केन्द्र र जिल्लाहरूमा आफ्नो अनुकूलतामा पार्टीले विभिन्न कार्यक्रमहरू आयोजना गरि वनाइने कुरा वताएका छन। 


२०८० ज्येष्ठ २३ ०९:४६ बजे

प्रतिक्रिया