काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने निर्वाचन सबैलाई न्याय हुने गरी टिकट बाँडफाँड हुने बताएका छन् । ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह अनुरोध गरेका छन् । पार्टीका कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजान इच्छा रहेको देउवाको भनाइ छ । आफुअहिले गठबन्धनमा रहेको कुराको स्मरण गराउदै जनताभन्दा ठूला कोही नभएको बताएका छन् । साथै देउवाले उनीहरूको साथ, समर्थन लिनु आवश्यक रहेको औंल्याएका छन् ।
यस्तै उनले आउँदो चुनावमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको बताएका छन् ।
प्रतिक्रिया