१६ वर्षपछि सर्वोच्चमा मुद्दा दर्ता , पेशी २२ जेठ सोमबारलाई तोकियाे

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २१ १४:५७ बजे

काठमाडौँ । रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेका हुन् ।  

उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । 

gaur-hatyakanda

२०८० ज्येष्ठ २१ १४:५७ बजे

प्रतिक्रिया