दिल्लीबाट अपराह्न ४ :२० नेपाल एयरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन्

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्किँदै

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २० ०७:३८ बजे

काठमाडौँ । चार दिने भारत भ्रमणमा सकेर प्रधानमन्त्री आज स्वदेश फर्किँदै छन् । १७ जेठामा भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रवार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । प्रधानमन्त्री आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्ली फर्किने छन् । दिल्लीबाट अपराह्न ४ स् २० नेपाल एयरलाइन्सको उडानबाट स्वदेश फर्कन लागेका हुन् । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन् । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

२०८० ज्येष्ठ २० ०७:३८ बजे

प्रतिक्रिया