नेपाल र भारतबीच सात सम्झौता

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १८ २०:१० बजे

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी राष्ट्र भारतसँग केही महत्त्वपूर्ण सहमति तथा सम्झौता गर्नुभएको छ । नेपालले भारसँग विभिन्न सात ओटा विषयमा सम्झौता गरेको छ ।

हिजो नै भारत पुगेका प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भेटवार्ता  गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी भएका विषयमा जानकारी दिएका हुन् ।

यस्ता  छन् सहमति :

१. नेपाल-भारत पारवहन सम्झौता नवीकरण ।

२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।

३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ।

५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ।

६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ।

७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

२०८० ज्येष्ठ १८ २०:१० बजे

प्रतिक्रिया