काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौंको फोहोर न्यवस्थापनको विषयमा कुराकानी गर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले सहरी विकासमन्त्रीलाई पनि आफूले भेट्न चाहेकोमा उनी काठमाडौंभन्दा बाहिर रहेको बताएका छन् । 'स्थानीय तह निर्वाचनपछि काठमाडौंमा फोहोर थुप्रिएको समयमा धादिङ, नुवाकोटका विभिन्न स्थानमा विसर्जन गरिने गरेको अवस्थामा काठमाडौं र त्यहाँ जनप्रतिनिधिका बीचमा केही सम्झौता भएका छन्। संघ सरकारले पनि केही सम्झौता गर्यो। के बनाउन आवश्यक रहेको थापाले बताएका छन् ।
अप्ठ्यारोमा सांसदहरूले गाँठो फुकाउने र सम्बन्धित निकायलाई झकझक्याउनु पर्ने बताए। अप्ठ्यारो पर्दा तत्काल सम्झौता गर्ने र पछि ती सम्झौतालाई भुल्ने परिपाटी अन्त्य हुनु आवश्यक रहेको थापाले बताए।
काठमाडौं महानगरपालिकालाई पनि संघको सहयोग चाहिएको उनले बताएका छन् । उनले भने 'स्थानीय निकायका माग सम्बोधन गर्दा पनि कतिपय तुरुन्तै समाधान हुने खालका होलान्। कतिपय अलि समय लाग्ला सयमा हामी सबै जिम्मेवार हुनुपर्छ'। उनले फोहोर व्यवस्थापनकै लागि प्रधानमन्त्रीसँग आजै कुरा गरिने बताएका छन्।
साथै उनले उनले मेयर बालेन्द्र शाहलाई कुनै पनि राजनीतिक दलले असहयोग नभएको बताए। थापाले सरोकारवाला सबैसँग समन्वय हुनुपर्ने उनले बताए। थापाले प्रधानमन्त्री र सहरी विकास मन्त्रालयले गर्नुपर्ने पहलकदमीमा पनि उनीहरूले अग्रसरता देखाउनुपर्ने बताए।
प्रतिक्रिया