प्रधानमन्त्री प्रचण्ड र मोदीबिच सीमा समस्याका विषयमा के भयो छलफल ?

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १८ १४:३४ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र भारतीय समकक्षी नरेन्द्र मोदीबिच  नेपाल९भारत सीमा समस्याबारे छलफल भएको छ।  बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुवै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए।  भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताएका छन् । 

मोदीले भने , 'हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौँ। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौँ । ' पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए। 

प्रधानमन्त्री प्रचण्डले भने , ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौँ। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखेँ ।'  नेपाल र भारतबिच लिपुलेक-लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ। 

२०८० ज्येष्ठ १८ १४:३४ बजे

प्रतिक्रिया