राष्ट्रपतिको निणर्यको पक्षमा गगन थापा -" नागरिकता विधेयक फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन"

राष्ट्रपतिको निणर्यको पक्षमा गगन थापा -" नागरिकता विधेयक फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन"

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० १४:०५ बजे
गगन थापा

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले फिर्ता पठाएकी हुन् । राष्ट्रपती फिर्ता पठाएको भन्दै कतिपय दलहरुले   राष्ट्रपती ओलोचना गरेका छन् ।  तर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अधिकार अनुसार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको  बताएका छन् । 

संघीय संसदको दुवै सदनबाट यो विधेयक पारित भएको थियो। ८ साउनमा प्रतिनिधि सभा र १२ साउनमा राष्ट्र सभाबाट पारित नागरिकता विधेयकलाई १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति  कार्यालय पठाएका थिए। 

संचारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रपतिले विधेयक प्रतिनिधिसभामा फर्काउनै हुँदैन थियो भन्ने आफूलाई लागेको बताए। 

थापाले भने, प्रथम दृष्टिमा मलाई के लाग्छ भने राष्ट्रपतिले फिर्ता पठाउन पाउने संविधानमा ब्यवस्था गरेकै हो त,’  सोही ब्यवस्थाको आधारमा फर्काउनै हुँदैनथ्यो भन्ने मलाई लाग्दैन्।’सोही विधेयक जस्ताको तस्तै राष्ट्रपति कार्यालयमा पठाउने अधिकार संसदलाई भएको भन्दै अहिले टिप्पणी गर्नपर्ने आधार 

 नरहेबो बताएका छन् ।   उनले भने, ‘त्यो फर्काएको कुरालाई स्वीकार गर्ने र जस्ताको तस्तै राष्ट्रपतिकोमा पुर्याउने अधिकार हामीसँग संसदमा छ,। अहिले त्यसमा टिप्पणी वा आलोचना गर्नैपर्छ भन्ने कुरा छैन्।’ 

संविधानले राष्ट्रपतिलाई केही प्रमाणिकरण र केही पुनविर्चान गर्न संसदमा पठाउन पाउने अधिकार दिएको भन्दै सोही अधिकार प्रयोग गरेको उनले बताए। 

 विधेयकका बारेमा राष्ट्रपतीले  पठाएको जुन सूचना र टिप्पणी छन त्यसलाई राखेर  पार्टीभित्र छलफल गर्ने बताएका छन् ।  गठबन्धनका दलहरुबीचमा पनि केही न केहीन केही छलफल त हुन्छ नै,’ थापाले भने, ‘राष्ट्रपतिले विधेयकमाथि टिप्पणी गरेपछि हामी छलफल गरेर आफ्नो धारणा बनाउँछौं।’

२०७९ साउन ३० १४:०५ बजे

प्रतिक्रिया