ललितपुरमा रोकी राखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

ललितपुरमा रोकी राखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असार ३० १३:०८ बजे
accident

काठमाडौं ।  ललितपुरको हात्तिवनमा गएराती स्कुटर अनियन्त्रीत भएर रोकी राखेको ट्रकमाठोक्किँदा एक जनाको  ज्यान  गएको छ ।

ज्यान जानेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० बर्षीय सुरेश मोक्तान रहेका छन् ।

प्रहरीका  अनुसार गम्भीर घाइते भएका मोक्तानको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटौमै मृत्यु भएको  हो ।  मृतकको  शवलाई पाटन अस्पताल राखिएको छ ।

हात्तिवन स्थित सडक छेउमा रोकी राखेको बाग्मती प्रदेश ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडी मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७प ८६३८ नम्बरको स्कुटर गएराती पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

२०७९ असार ३० १३:०८ बजे

प्रतिक्रिया