अखण्ड भारत नक्सामा नेपालका तराइका भु-भाग सामेल गरेको हुदा प्रधानमत्रीको भारत भ्रमण रद गर्नुपर्छ- सन्त वहादुर नेपाली महासचिव नेकपा (मशाल)

नेपालका २ वटा स्थान चितवन र झापामा पेट्रोलियम भण्डारण गर्न पेट्रोलियम पाइपलाइन अनुदानमा बनाउने भनिए पनि त्योभन्दा महत्वपूर्ण कुरा त के हो भने नेपालका नदीहरू प्रचण्डले भारतलाई दिने तयारी गरिरहेका छन् । भ्रमणका दौरानमा फुकोट कर्णाली परियोजना एनएचपीसी भारतिय कम्पनी लाई ५१ प्रतिशत शेयर स्वामित्व दिएर साझेदार बनाइदैछ ।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ ०८:५६ बजे

काठमाण्डौ।   नेकपा (मशाल) का महासचिव सन्त वहादुर नेपालीले हिजो एक वक्तव्य निकाली भनेका छन      प्रधानमन्त्रीको भारत भ्रमण यस्तो बेलामा हुन गइरहेको छ,जबकि भारतको नयाँ संसद भवनमा “अखण्ड” भारतको नक्साबारे विश्वभरि समाचारहरू प्रकाशित भइरहेका छन् । कथित अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तुलाई भारतको नक्सामा सामेल गराइएको छ । योभन्दा पहिले लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा भारतले सामेल गरिसकेको छ । यसपाली लुम्बिनी र कपिलवस्तुलाई पनि सामेल गरेर नेपालको सार्वभौमिकतामाथि आक्रमण गरेको छ । उपरोक्त कारणले गर्दा त्यो नक्शा नसच्चाउँदासम्म  प्रधानमन्त्रीलाई यो भ्रमण रद्द गर्न माग गरिएको छ।

 वक्तव्यमा अगाडी भनिएको छ  प्रधानमत्री प्रचण्डले भारत गएर नेपालको लागि कुनै ठूलो उपलब्धि प्राप्त हुने छैन । नेपालका २ वटा स्थान  चितवन र झापामा पेट्रोलियम भण्डारण गर्न पेट्रोलियम पाइपलाइन अनुदानमा बनाउने  भनिए पनि त्योभन्दा महत्वपूर्ण कुरा त के हो भने नेपालका नदीहरू प्रचण्डले भारतलाई दिने तयारी गरिरहेका छन् । भ्रमणका दौरानमा फुकोट कर्णाली परियोजना एनएचपीसी भारतिय  कम्पनी लाई ५१ प्रतिशत शेयर स्वामित्व दिएर साझेदार बनाइदैछ । त्यस्तै प्रकारले अरूण तल्लोको पीडीए सम्झौता, एमसीसी अन्तर्गत मोदी–लेखनाथ प्रसारणलाइन उद्घाटन र बुटवल–गोरखपुर प्रसारणलाइनको शिलान्यास लगायतका परियोजनाहरू  सम्झौता गर्ने भनिएको छ। । दीर्घकालीन विद्युत व्यापार साझेदारी सम्झौता गरेर नेपालको विद्युत २५ वर्षका लागि र नेपालका नदीहरू भारतलार्ई सित्तैमा दान दिइदैछ । प्रधानमन्त्रीले भारतलाई खुशी पार्नका लागि राष्ट्रघाती नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरणका लागि दवाव दिइसकेका छन् र संविधानको व्यवस्था विपरीत हुँदाहुँदै पनि जवरजस्तीपूर्वक त्यो प्रमाणीकरण गर्न लगाएको देखिएको छ । 

प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालका बाँकी नदीहरू समेत भारतलाई दिएर राष्ट्रघात गर्ने ठूलो खतरा देखिएको हुँदा त्यसका विरुद्ध सबै देशभक्त, लोकतान्त्रिक एवम् वामपन्थी क्रान्तिकारीहरूलाई राष्ट्रघातलाई रोक्न सङ्घर्षमा उत्रन हाम्रो पार्टी सबैसँग अपील गर्दछ । 

   




२०८० ज्येष्ठ १६ ०८:५६ बजे

प्रतिक्रिया