बल्ल टुंगियो संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यहरूको नाम

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १५:२६ बजे

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले लामो समयपछि पूर्णता पाएको छ । राजनीतिक दलहरूले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरूको नाम उपलब्ध गराएसँगै समितिले पूर्णता पाएको हो । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमोदन गरेको हो ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट काँग्रेसका रमेशजङ्ग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका थिए ।

कोको छन् समितिमा

नेपाली काँग्रेस:

रमेश लेखक
ईश्वरी देवी न्यौपाने
जीवन परियार
ज्ञानेन्द्रबहादुर कार्की

नेकपा एमाले :

पदम गिरी
महेश कुमार बर्तौला
लिलानाथ श्रेष्ठ
ईश्वरी जीएम

माओवादी केन्द्र:

जनार्दन शर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी:

डोलप्रसाद अर्याल

राष्ट्रिय प्रजातन्त्र पार्टी:

पशुपति शम्शेर जबरा

जनता समाजवादी पार्टी:

प्रकाश अधिकारी

२०८० ज्येष्ठ १४ १५:२६ बजे

प्रतिक्रिया