मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले -पर्यटन मन्त्री किराती

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १०:०९ बजे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा मान्छेहरू बौलाउन थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले विभिन्न सञ्चारमाध्यममा पशुपतिनाथको ३१ रोपनी जग्गामा चलखेल गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्री किरातीले यस्तो बताएका हुन्।

मन्त्री किरातीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्।

उनले लेखेका छन्,‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ? प्रमाणित गर म एक मिनेट बस्दिन ।’

नेपाल यस्तो देश वनाउन खोजिदै छ की जुन राजनितिक दल सिदान्त, विचार ,नैतिकता र सहि आचरणमा अगाडी वढ्न खोज्छ त्यो पार्टी लाइ जनताले विश्वास नगर्ने  अवस्था र जुन व्यक्तिले घुस भ्रष्टाचार कमिसन लिदैन त्यस्तो व्यक्तिलाइ माफिया कमिसनखोरहरु ले धेरावन्दी गरी वदनामित गर्ने  दुस्प्रयास गर्ने र आफ्नो क्याम्पमा ल्याउन  विभित्र कुकर्म गर्ने प्रचलन व्यापक हुदै आएको छ। जस्को परिणाम मत्री सुदन किरातीको यो अभिव्यक्ति हो।



२०८० ज्येष्ठ १४ १०:०९ बजे

प्रतिक्रिया