सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस आज

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १३ १२:१० बजे
कृष्ण सेन इच्छुक

 काठमाण्डौ।  कृष्ण सेन इच्छुक प्रगतिशिल साहित्यकार तथा लेखक एव पत्रकार हुनुहुन्थ्यो। उहाँ लाइ तत्कालीन शाहीसत्ताले का प्रहरी प्रशासनले २०५९ साल जेठ ६ गते काठमाडौँमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा एक सातासम्म निरन्तर शारीरिक र मानसिक यातना दिएर जेठ १३ गते हत्या गरेको थियो । इच्छुक लगायत महान् सांस्कृतिक सहिदहरूको स्मृति र सम्मानमा नेपालका माओवादी क्रान्तिकारीहरूले जेठ १३ गते इच्छुक स्मृति तथा बलिदान दिवस मनाउँदै आएका छन ।

माओवादी जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस आज अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त आयोजनामा प्रभातफेरी, कोणसभा र कविगोष्ठी का कार्यक्रम रहेको जनाइएको छ । प्रभातफेरी र गोष्ठीमा नेपाल पत्रकार महासङ्घ, सञ्चारसँग सम्बन्धित माओवादी धाराका विभिन्न सङ्गठन, सञ्चारकर्मी, संस्कृतिकर्मी, स्रष्टा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जवस, मोर्चा र पार्टी नेता–कार्यकर्ताहरु को उपस्थिति रहेने जानकारी अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारीले दिए छन।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यसअघि नै जेठ १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्षसमेत रहेका इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यमा प्रतिष्ठानको सभाकक्षमा इच्छुक पुरस्कार वितरणको कार्यक्रम सार्वजनिक भए सकेको छ।



२०८० ज्येष्ठ १३ १२:१० बजे

प्रतिक्रिया