पशुपतिको जलहरीको रिङ निर्माणमा सवै सुन प्रयोग भएको छैन- महालेखा परिक्षक

प्रतिवेदन अनुसार पशुपति भगवानको जलहरी को रिङ निर्माण गर्दा सुनमा तत्कालिन प्रधानमत्री के.पि. ओली को सरकारले भ्रष्टाचार गरेको पुष्टि हुन्छ। सो कुरा लाइ सँसदमा उठाउदा सँसद अवरुध्द किन? एमाले लाइ मन नपर्ने कुनै शव्द वाक्याश सँसद वा सडकमा उठाउन नमिले हो वा आलोचना र आरोप लगाउन नमिल्ने हो भन्ने लोकतत्र के का लागी ? अहिले एमालेले सँसद अवरुध्द गर्नु भनेको भ्रष्टाचार ,अनियमितता लाइ सहयोग र समर्थन गर्नु हो।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १३ ०८:३६ बजे

 काठमाण्डौ।    पशुपतिनाथमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा शुक्रबार संसदमा प्रवेश गर्‍यो । यस विषयमा एमालेले संसद अवरोध गर्‍यो ।माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विषय उठाउनुअघि नै महालेखाले प्रश्न उठाएको छ । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।

‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ । 

प्रतिक्रिया