मोदीको चाकरी पुर्याउन प्रचण्डले गरे नक्सलवादी नेताको सुपुर्दकी

प्रधानमन्त्री पुष्पकमल दाहाल को भारत भ्रमणअघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेर मोदीको चाकरी र क्रान्तिकारी आन्दोलन प्रति अपराध र गद्दारी गरेका छन।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १२ ११:४२ बजे

काठमाण्डौ।भारतीय नक्सालवादी आन्दोलनबाट प्रभावित भई तत्कालीन नेकपा मालेले २०२८ सालमा झापा विद्रोह गरेको थियो। त्यसैको परिवर्तित रुप अहिलेको एमाले हो। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा नक्सलवादी आन्दोलनलाई क्रान्ति को उत्प्रेरक  मात्र मानेन् उनिहरु वाट वैचारिक सैध्दान्ति र गुरिल्ला युध्दकला  पनि हासिल गरेका थिए।

उनै नक्सलवादी नेता भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोपलाई पक्राउ गरी नेपालले गोप्य रुपमा भारत समक्ष सुपुर्दगी गरेको  छ। प्रधानमन्त्री पुष्पकमल दाहाल को भारत भ्रमणअघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेर प्रचण्डले मोदीको चाकरी र क्रान्तिकारी आन्दोलन प्रति  अपराध र गदारी गरेका छन।

कुनै पनि देशले राजनितिक नेताहरु लाइ सुपुर्दगी गर्दैन र गर्न मिल्दैन तर प्रचण्ड  कुनै समय विद्रोही नेता भएको  अवस्थामा  यिनै नक्सलवादीहरु ले उनलाइ सुरक्षा र सेल्टरको सहयोग गरेका थिए।

सरकारको निर्देशनमा नेपाल प्रहरीको विशेष ब्युरोले विराटनगर आसपासबाट पक्राउ गरी गोपलाई गत जेठ ७ गते गोप्य रुपमा दिल्ली प्रहरीलाई बुझाएको थियो।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल जेठ १७ गतेबाट चार दिने भारत भ्रमणमा जाँदैछन्। 

गोप खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता थिए। उनी डेढ दशकदेखि भूमिगत थिए।गोप १३ महिनादेखि विराटनगरमा पञ्जाबीको रुपमा ढाबा चलाएर बसेको पाइएको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ। 

उनलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। सरकारले उनको टाउकाको मूल्य ३० लाख भारु तोकेको थियो। 

भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो। गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको उच्च स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

नेपालमा माओवादीले नेतृत्व गरेको सरकारले भारतीय माआवादी नेतालाई पक्राउ गरी सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 




२०८० ज्येष्ठ १२ ११:४२ बजे

प्रतिक्रिया