काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देखी तेस्रो चरणका आन्दोलनको मोडालिटी लगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको हो ।
साथै आजको बैठकबाट निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु निमार्ण गरीने बताइएको छ । २२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुने छ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुने श्रेष्ठले बताएका छन् । बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
प्रतिक्रिया