बैतडीमा वडा अध्यक्षबाट कुटिए अर्का अध्यक्ष

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीबिच बिहीबार कुटाकुट भएको हो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ६ १२:४८ बजे

बैतडी । बैतडीमा चेकको विषयलाई  विवाद हुँदा वडा अध्यक्ष र सडक उपभोक्ता समुहका अध्यक्ष बिच कुटाकुट भएको छ । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिंह धामीबिच बिहीबार कुटाकुट भएको हो। उनीहरूबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटाकुटमा परी सडक  उपभोक्ता समितिका अध्यक्ष घाइते भएका छन् ।   

कुटपिटबाट घाइते उनलाई बैतडी अस्पताल भर्ना गरिएको छ। समितिका अध्यक्ष वीरेन्द्रसिंहका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैङ्क जाँदा गाउँपालिका अध्यक्षले बैङ्कमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए। गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गा मुडा, र लात्ताले कुटपिट गरेको सडक उपभोक्ता समितिका  अध्यक्षले बताएका छन् । 

गाउँपालिका अध्यक्ष भने धामीले आफूमाथि उल्टै अभद्र व्यवहार गरेको बताएको छन् । साथै स्काभेटरले काम गरेको किर्ते हस्ताक्षर गरेको समेत आरोप लगाएका छन्। सिगास गाउँपालिका–९  को देउलेकबाट सिगास–४ को वडा कार्यालय कान्धारसम्म गत वर्ष सडक खन्ने काम सुरु भएको थियो।

यो वर्ष २७ सय मिटर सडक खन्न ३९ लाखमा सम्झौता भएको थियो। गाउँपालिकाले शुक्रवार विज्ञप्ति जारी गरेको छ। उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीले भुक्तानीको चेक बुझेर लगिसकेको अवस्थामा उनले नै सडक निर्माण कार्यमा प्रयोग भएको स्काभेटरका चालक दिपेन्द्र अधिकारीको किर्ते हस्ताक्षर गरी तयार गरेको सम्झौता पेश गरी भुक्तानी लिएको जानकारी प्राप्त भएकाले कृषि विकास बैङ्क शाखा शिगासलाई पत्र लेखि सो चेक रोक्का गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

२०८० ज्येष्ठ ६ १२:४८ बजे

प्रतिक्रिया