नागरिक उन्मुक्ति पार्टीको ६ जेठ देखि १० सम्म नेपाल बन्द कार्यक्रम फिर्ता

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ १९:२८ बजे

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको कार्यक्रम फिर्ता लिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रवार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर बन्दका कार्यक्रम फिर्ता लिइएको जनाएका छन् । 

नाउपाले विज्ञप्ति मार्फत भनेको छ, सरकार पक्षबाट  सम्माननीय प्रधानमन्त्री ज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।’

२०८० ज्येष्ठ ५ १९:२८ बजे

प्रतिक्रिया