टीआरसी विधेयकमा छलफल गर्न  ११ सदस्यीय उपसमिति 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ १४:०८ बजे

काठमाडौँ । संसद्को कानुन न्याय तथा मानवअधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको छ ।

आज शुक्रवार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो । उपसमितिमा काँग्रेस र एमालेका दुई–दुई जना छन् अरू ८ दलका एक एक जना रहेका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद् दर्ता गरेको थियो । उपसमितिलाई तीन साता समय दिइएको छ ।

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर  रहेका छन् । 

२०८० ज्येष्ठ ५ १४:०८ बजे

प्रतिक्रिया