धनगढीमा नक्कली भुटानी शरणार्थी काण्डका अपराधीलाई कारबाहीको माग गर्दै र्‍याली र सभा

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ ०८:५२ बजे


धनगढी। नेकपा (मशाल) र क्रान्तिकारी नेकपाले सयुक्तरूपमा देशभरि घोषणा गरेको कार्यक्रम अन्तरगत वैशाख ४ गते  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको प्रदेश संसद् भवन नजिकै रहेको पार्कमोडवाट प्रचण्ड गर्मीका बिच प्लेकार्ड, ब्यानर सहितको  विरोध र्‍याली सुरु भई धनगढी उपमहानगरपालिकाको कार्यालय ,एल।एन। चोक हुँदै संसद् भवन नजिक रहेको पशु स्वास्थ्य कार्यालय नजिक रहेको चौरमा कोणसभामा परिणत भयो।

कोण सभाको सञ्चालन  क्रान्तिकारी नेकपाका कैलालीका नेता शेरबहादुर देउवाले गर्नु भएको थियो। कार्यक्रममा क्रान्तिकारी नेकपाका नेता राम बहादुर के।सी। ले सम्बोधन गर्दै  नेपालका सत्ताधारी पार्टीहरू चरम भ्रष्टाचारमा लिप्त् भएका कारण देशमा आर्थिक मन्दी  भएको र भ्रष्टाचारीलाई कारबाही नहुने हो भन्ने देश सोमालीय जस्तै हुने र नेपालमा पनि मान्छेले मान्छे लाई नै खानुपर्ने  भयावह अवस्था आउने सक्ने कुरा बताउनु भयो।

कोणसभा लाई नेकपा  (मशाल) का केन्द्रीय सदस्य लाल बहादुर जाग्री ले  नेकपा (माओवादी केन्द्र)का नेता  जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटका दरहरू हेरफेर गरेको सूचना विक्री गरी राज्यलाई नोक्सानी र व्यापारीहरूलाई फाइदा हुने गरी गरेको अपराधको प्रमाण सिसिटिभी फुटेज गाइव गरेको  काण्ड लाई सिसिटिभी काण्ड भनिन्छ सो काण्ड जनार्दन शर्माले घटाएका थिए। नेकपा (एमाले) नेता गोकुल बास्कोटा सूचना तथा सञ्चार मत्री हुँदा  राष्ट्रिय परिचय, पासपोर्ट जस्ता कुरा छाप्नका लागी प्रिन्टिङ मिसिन खरिद गर्न  गोकुल बास्कोट र विचौलिया बिच ७० करोड रुपियाँको लेनदेन भएको कुराकानीको अडियो सार्वजनिक भएको घटना लाई  सेक्युरिटी प्रिन्टिङ काण्ड  भनिन्छ। अहिले सम्मका भ्रष्टाचार काण्डमा छानबिन र कारबाही नहुने, भए पनि नाम मात्रको हुने गरेको मा यस काण्डका अपराधीलाई अदालतले थुनछेकको समयमा कारागारमा थुनेर वा धरौटी वा तारेखमा के गर्छ  हेर्न बाँकी छ ?  कारागारमा थुनेर कारबाही गरेमा केही हदसम्म कारबाही अगाडि बढ्ला  भन्ने आस सम्म गर्न सकिन्छ ?अहिले जनताको दबाबका कारण मुद्दा सम्म चलाए पनि यसको ढाकछोप गर्न शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड लागिपरेका छन्। अदालतमा पनि दलीय भागबन्डाका आधारमा न्यायाधीश नियुक्त भएको अवस्थामा  अपराधीलाई कारबाही  गराउन जनदवाव दिनुको विकल्प छैन भन्नुभयो।

क्रान्तिकारी नेकपा सचिवालय सदस्य देवीदत्त पाण्डेले यो  संसदीय  दलाल व्यवस्थाले नै भ्रष्टाचार लाई संस्थागत गर्दै आएको छ। सामान्य गाउँमा जनसाधारणहरू पनि उपभोक्ता समितिको अध्यक्ष राम्रो काम गर्न भन्दा पनि त्यसमा भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने मनोभावना राखी काम गर्ने र स्कुल वा मन्दिर जे निर्माण गरे पनि भ्रष्टाचार नभएको कुनै ठाउँ छैन त्यस कारण यसको विकल्प जनवादी क्रान्ति हुँदै समाजवाद मा नगए सम्म भ्रष्टाचारी लाई सजाय हुन  सक्दैन भन्नुभयो।

कार्यक्रममा पार्टी नेताहरू राम बहादुर महरा, रुन्द्र कडेल, दिल बहादुर वि.क.डम्बर विष्ट , प्रकाश रावल  र कर्णाली प्रदेशका नेता दीपक शाहीको पनि  सहभागिता थियो। धनगढीको प्रचण्ड गर्मीका  बिच पनि जनताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको समापन पनि शेर बहादुर देउवाले नै गर्नुभयो।

२०८० ज्येष्ठ ५ ०८:५२ बजे

प्रतिक्रिया