सर्वोच्चको फैसलापछि रेशम चौधरीले के भने ?

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ १३:५६ बजे

काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला आफूमाथि न्याय नभएको बताएका छन् । 

सर्वोच्च अदालतले मङ्गलवार  रेशम चौधरीलाई  जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका हुन् । 

‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ । हामी सम्मानित अदालतलाई सदा समान गर्छौँ, उनले भनेका छन् । न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।

डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ कैद भुक्तान गरिरहेको जनाउँदै उनले भने, ‘सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु,’ स्वस्थ छु, रत्तिभर मन विचलित भएको छैन ।’कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै आउने  जानकारी दिएका छन् ।

उनले भनेका छन्, 'मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोली पुनराओलोकनको बारो हाम्रोलागि खुल्ला छ । हामी सम्मानित अदालत हवाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सवैले उत्तिकै समान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अर्नगल बनाउँ‌दै जबाभावी सामाजीक संजालमा जे पायो त्यहि पोष्ट गर्नहुन अनुरोध गर्दछु । मलाई अझै सम्मानित सर्वोच्च न्यायालय प्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौं। त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञाधि जारी गरेको हुँ । म डिल्लीबजार कारणारमा धैर्य, सहनशिलताका साथ कैद भुलान गरिरहेको हुँ । स्वस्थ हुँ । रतिभर मन विचलित छैन । पुस्तक लेखिरहेको हुँ। केटिसि ९मा धरातलू नामक पुस्तकका साथ तपाइ समक्ष साक्षात हुनेहुँ भन्दै विदा चाहन्छु । जय नागरिक।'

२०८० ज्येष्ठ ३ १३:५६ बजे

प्रतिक्रिया