साफ च्याम्पियन ड्र : नेपालले भारत र कुवेतसँग खेल्ने

यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रूपमा सहभागी हुँदै छन्

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ १३:४० बजे

काठमाडौँ । १४औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधवार भारतको बंगलोरमा ड्र गरेकाे छ ।

नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा घरेलु टोली भारत, कुवेत र पाकिस्तान रहेका छन्। पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग  हार बेहोरेको थियो ।

अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रूपमा सहभागी हुँदै छन् ।

साफ च्याम्पियनसिपमा पहिलो पटक दक्षिण एसिया बाहिरका टोली लेवनान र कुवेत खेल्न लागेका हुन्। फिफा निलम्बनमा रहेको श्रीलङ्का यस पटक साफमा सहभागी हुने छैन ।

२०८० ज्येष्ठ ३ १३:४० बजे

प्रतिक्रिया