रेशम चौधरीले छलफलका लागि बोलाए नागरिक उन्मुक्तिका नेताहरूलाई जेलमा

 नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो पत्रकार सम्मेलन पनि गर्ने लागेको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ ११:४१ बजे

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै बोलाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी नेताहरूलाई छलफलका लागि जेलमै बोलाएका हुन् ।

०७२ सालको टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले पार्टीका नेताहरूले जेलमै बोलाएका हुन् । चौधरीलाई जन्म कैदको सजाय नै सदर भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरू भने आन्दोलित बनेका छन् । नागरिक उन्मुक्तिका महासचिव रतन थापाले रेशम चौधरीले छलफलका लागि बोलाएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो पत्रकार सम्मेलन पनि गर्ने लागेको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक जना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक द्वय बलराम विष्ट र केशव बोहरा, हवलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवलदार ललित साउद, सहायक हवलदार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

२०८० ज्येष्ठ ३ ११:४१ बजे

प्रतिक्रिया