संसदीय समितिहरूकाे बैठक सुरु,अध्यक्षता क-कसले गरे ?

संसदीय समितिहरू चल्न नपाँउदा सदन पनि सक्रिय रूपमा चलेको थिएन

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १०:४१ बजे
संसदीय समितिहरू

काठमाडौँ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरू बैठक बसेका छन् । संसदीय संसद्को बैठक आजबाट सुरु भएको हो । 

मङ्सिर ४ को निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । तर संसदीय समितिहरू सक्रिय रहेका थिएनन् । संसदीय समितिहरू चल्न नपाँउदा सदन पनि सक्रिय रूपमा चलेको थिएन ।

सभामुख देवराज घिमिरेले कानुन निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश दिन मङ्गलवार प्रतिनिधि सभाका १० वटै समितिका बैठक राख्न भनेका थिए । सोही अनुसार आज समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा संसदीय समितिहरूको बैठक बसेको हो ।

सार्वजनिक लेखा समितिको बैठकको अध्यक्षता नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । लेखा समितिको सभापति  नेकपा एमालेको भागमा परेको छ । समितिको सभापति चयन नभइसकेकाले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको रूपमा केसीले गरेका हुन् ।

पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रनेन्द्र बराइलीले गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शिक्षा तथा स्वास्थ्य समितिको बैठक ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद कालुराम राईको अध्यक्षतामा र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राप्रपाका सांसद पशुपति शमशेर जबराले गरेका छन् । 

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, पूर्वाधार विकास र सार्वजनिक लेखा समिति रहेका छन् । 

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, आपसमा परिचय गर्ने छन् । संसद् सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पुर्यान संसदीय समितिको कार्य जिम्मेवारी तोकिएको छ । अधिकांश संसदीय समिति करिब २५ सदस्यीय छन् ।

२०८० ज्येष्ठ २ १०:४१ बजे

प्रतिक्रिया