ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० ०८:२८ बजे
ईपीएल

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सी र टोटन ह्यामको खेल बराबरीमा  रोकिएको छ । गएराति भएको खेलमा चेल्सी र टोटन ह्यामले दुई–दुई गोलको बराबरी खेलेका हुन् ।

चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक–एक गोल गरेका हुन् । टोटन ह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक–एक गोल गरेका हुन् । खेल सकिएपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका हुन् ।  यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अङ्क जोडेको छ ।चेल्सी लिगको सातौँ स्थानमा रहेको छ । टोटनह्याम ४ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । 

२०७९ साउन ३० ०८:२८ बजे

प्रतिक्रिया