पूर्व गृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३१ १७:५४ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत  काठमाडौँले उनीहरूलाई थप चार दिन हिरासतमा राख्नको लागि अनुमति दिइएको हो । 

ठगी, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर  काठमाडौँले अनुसन्धान नसकिएको भन्दै उनीहरूलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताएका छन् । 

यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । 

२०८० वैशाख ३१ १७:५४ बजे

प्रतिक्रिया