संसद्मा जाँदा भड्किलो पोसाक लगाउन नपाइने

आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसद्मा जानुपर्ने सहमति गरेका हुन्

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३१ १६:१९ बजे

काठमाडौँ । सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । संसद्को मर्यादा कायम राख्नका लागि यस्तो व्यवस्था गरिएको हो ।आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसद्मा जानुपर्ने सहमति गरेका हुन् ।

‘सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने निर्णय भएको छ । त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि काँग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरू सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ ।

२०८० वैशाख ३१ १६:१९ बजे

प्रतिक्रिया