टिआरसीलाई संसदीय उपसमिति मार्फत बढाउने निर्णय

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३१ १४:२८ बजे

काठमाडौँ । प्रमुख तीन वटा राजनीतिक दलले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेको छ । 

यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । प्रतिनिधिसभाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी रहेका थिए । 

२०८० वैशाख ३१ १४:२८ बजे

प्रतिक्रिया