राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी विजयी

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३० २०:०४ बजे

बुटवल । पाल्पाको रानी महलमा जारी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।  आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको  थियो । वैशाख २८ गतेबाट रानी महल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा  उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त  गरेको छ  । भने, उपविजेता  पुलिसले एक लाख रुपैयाँमा प्राप्त गरेको छ । 

यस्तै विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो  बनेको छ ।  एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरेका  छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा खेल आयोजना गरेको हो । 
प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी रहेका थिए । 

२०८० वैशाख ३० २०:०४ बजे

प्रतिक्रिया