काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयले लाखौँ जनता नागरिकताविहीन हुने बताएका छन् । साथै उनले राष्ट्रपतीको उक्त निणर्य विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि यादवले राष्ट्रपतिको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपालमा शासक वर्गले जहिले पनि एउटा समुदायलाई शंकाको दृष्टिले हेर्ने गरेको र त्यसबाट राष्ट्रपतिज्यू पनि अछुतो नरहेका तबाएका छन्
। राष्ट्रपतिको निर्णयले लाखौं जनता नागरिकताविहीन हुनु पर्ने अवस्था आउनु दुखद् मात्र होइन दुर्भाग्यपूर्ण भएको भन्दै यादवले, ‘नागरिकविहीनहरूले अब सडक आन्दोलन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । मधेस केन्द्रित दलका नेताहरुले राष्ट्रपतिको कदमको विरोध जनाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया