राष्ट्रका लागि सङ्गीत अभियात्रा को आज समापन

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २५ ११:१३ बजे

 काठमाण्डौ।       राष्ट्रलाई सहि बाटोमा हिडाउनका लागी जनबादी कलाकारहरुले देशब्यापी रुपमा संचालन गरेको ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ”  को टोलिले  प्रज्ञाभवन, कमलादीमा आज दिनको २ बजे निशुल्क जनसाङ्गितिक प्रस्तुती गर्ने भएको छ ।

कार्यकममा वरिष्ठ  जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्षमण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर सीको लगाएतका कलाकारको प्रस्तुति रहेनेछ। ।

अतिथीको  रूपमा प्रधानमन्त्री  प्रचण्ड, पुर्ब प्रधानमन्त्री केपि शर्मा वली , पुर्ब प्रधानमन्त्री माधव नेपाल , पुर्ब प्रधानमन्त्री झलनाथ खनाल ,पुर्ब  प्रधानमन्त्री  बाबुराम भट्राई ,  नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव, पुर्ब सभामुख  कृस्णबहादुर महरा  लगायत पार्टीका नेता , मन्त्री ज्युहरु सहित साहित्यकार, कवि, गीतकार, सङ्गीतकार, सहित विशिष्ट जनसमुदाएहरु रहने बताइएको छ।

चैत ४ गते धनगढीबाट शुरु भएको वामपन्थी धाराका जनवादी कलाकारहरुको देशव्यापी अभियान राष्ट्रका लागि संगीत अभियात्रा विभिन्न ठाउँमा जनवादी सांस्कृतिक कार्यक्रम गर्दै आज वैशाख २ ५ गते  सम्पन्न हुने वताइन्छ ।


२०८० वैशाख २५ ११:१३ बजे

प्रतिक्रिया