राष्ट्रपति भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपति भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २९ २०:५८ बजे
नागरिकता विधेयक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाबाट हालै पारित भएको नागरिकता विधेयकमा नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समससीमाको कुनै बन्देज नलगाई वैवाहिक अगिंकृत नागरिकता पाउनसक्ने खुकुलो प्रावधान राखिएको भन्दै विरोध भइरहेको छ ।


२०७९ साउन २९ २०:५८ बजे

प्रतिक्रिया