राष्ट्रपतिमाथि खनिइन सांसद लिलादेवी सिटौला

राष्ट्रपतिमाथि खनिइन सांसद लिलादेवी सिटौला

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २९ १३:१७ बजे
लिलादेवी सिटौला

काठमाडौं ।  जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपतिले नागरिकता विधेययक अहिलेसम्म प्रमाणीकरण नगरेकोमा आपत्ती जनाइकी छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै  सांसद सिटौलाले  राष्ट्रपती  दल विशेष हो की राष्ट्र विशेष भ्नदै प्रश्न समेत गरेकी छन्  । नागरिकता अध्यादेश केपी ओली सरकारले ल्याउँदा तत्काल स्वीकृत भएको र अहिले भने  नभएको  भन्दै  प्रश्न गरेकी  हुन् ।

उनले भनिन्न् , ‘तत्कालीन केपी ओली नेतृत्वको सरकारले वर्तमान सरकारले ल्याएको र संसद्‌मा पारित भएकै विधियेकको प्रावधान राखेर अध्यादेशमार्फत ल्याउँदा राष्ट्रपतिले त्यो अध्यादेशलाई तत्काल लालमोहोर लाउनु भयो तर त्यही विधेयेक संसद्‌बाट अनुमोदन भएर जाँदा अहिलेसम्म लालमोहर लाउनु भएको छैन। यो बिडम्बना छ,’ । राष्ट्रपति जस्तो पदमा बसेर राष्ट्रपति दलको हुन्छ कि राष्ट्रको  हुन्छरु म यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले कानुनको अभावमा नागरिकताविहीन नागरिकले आत्महत्या गर्नुपर्ने अवस्था रहेकोले सम्मानित पदमा बसेका व्यक्तिको यस्तो विषयमा तत्काल ध्यान जान जरुरी रहेको बताइन्।

२०७९ साउन २९ १३:१७ बजे

प्रतिक्रिया