नेप्सेमा  दोहोरो अङ्कको गिरावट 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १९ १५:४० बजे
सेयर बजार

काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से आज पनि सामान्य अङ्कले ओरालो लागेको छ ।  आज मङ्गलवार नेप्से  ४.२७ अङ्कले ओरालो लागेको हो ।  आज नेप्से सँगै कारोबार रकम पनि ओरालो लागेको छ । नेप्से आज ओरालो लागेसँगै १८६६.४० विन्दुमा  पुगेको छ । आज ६९ करोड २२ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक छन्। ब्यापार उपसमूह सबैभन्दा धेरै घटेको छ।

 आज आदर्श लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.२० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको पनि ४.३५ प्रतिशतले बढेको छ। यता श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.७० प्रतिशत र मिथिला लघुवित्तको ४.५७ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै २ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी र शिवम् सिमेन्टको पनि २ करोड बढीको शेयर कारोबार भएको छ।

२०८० वैशाख १९ १५:४० बजे

प्रतिक्रिया