पार्टी एकताको घोषणा सभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १८ १८:४८ बजे

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता अधिवेशन भई नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा सभा सम्पन्न भएको छ ।

घोषणासभाको अध्यक्षता गर्दै नेता सिपी गजुरेल गौरवले औपचारिक रूपमा पार्टी एकता भई बनेको नयाँ पार्टी “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल”को घोषणा गर्नु भयो । उहाँले जनताको घर घर र जिब्रो जिब्रोमा “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल”लाई पुर्याउनु पर्छ भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएको दावी गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरण, पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चन, कार्यालय सदस्यहरु, पार्टीका सल्लाहकार समितिका नेताहरु असारे काका, कमल चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनोद थापा लगायतका नेताहरु मञ्चासिन रहनु भएको छ ।

कार्यक्रममा नेकपा (मशाल) का पि.वि.एम. चिन्तामणि पौडेलले पार्टी एकताको शुभकामना व्यक्त गर्नु भएको थियो।कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले गर्नुभएको छ ।

महान सहिदहरुप्रति श्रद्धाञ्जली र अन्तर्राष्ट्रिय गीतसँगै सुरु भएको पार्टी एकता घोषणा सभालाई कार्यालय सदस्य रामसिंह श्रीसले स्वागत मन्तव्य राख्नुभएको छ ।

१३४ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर आयोजित पार्टी एकता घोषणा सभामा पार्टी अध्यक्ष र प्रवक्ता लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।


२०८० वैशाख १८ १८:४८ बजे

प्रतिक्रिया