महावीर पुन सल्लाहमै माइतीघरमा  बसेका हुन्  : प्रधानमन्त्री 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १८ १५:५७ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महावीर पुनलाई सरकारले सहयोग गरिरहेको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले महावीर पुनको मागलाई आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि उनी माइतीघरमा बसेको बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले माइतीघरमा बस्नु भन्दा पहिला आफसँग महावीर पुनको वार्ता भएको र उक्त वार्ता सरकारले बजेटको एक प्रतिशत छुट्टाउने सहमति पनि भएको बताएका छन् ।  

उनले भने, ‘हिँड्नेबेलामा म त माइतीघर मण्डलामा बस्छु है, कस्तो हुँदो रहेछ भन्नुभाथ्यो  । मैले नै गएर माइतीघरमा बस् भन्न त मिल्दैन। तपाईँ बस्नुभयो भने मलाई सजिलै हुन्छ बजेट बनाउन पनि भनेको थिएँ।’ साथै प्रचण्डले पुन अहिले माइती घरमा आफूहरूकै सल्लाहमा बसेको बताएका छन् । सरकारले पुनको मागलाई सम्बोधन गरेन भनेर आएका मागहरूलाई सही  नभएको बताएका छन्।  

२०८० वैशाख १८ १५:५७ बजे

प्रतिक्रिया