अज्ञानीले राजतन्त्र मान्छ : केपीओली

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १७:०५ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेहरु अज्ञानी भएको बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आज आइतबार सम्बोधन गर्दै उनले स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको बताएका हुन् ।

‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले, कि मूर्खले मान्छ कि,अज्ञानीले केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’ उनले भने ।उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाउँदै भने ,दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन् ।

२०८० वैशाख १७ १७:०५ बजे

प्रतिक्रिया