प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा समस्या समाधान हुने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ १२:१३ बजे
भारत भ्रमणका क्रममा सीमा समस्या समाधान हुने

काठमाडौँ ।  नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने  बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्या बारे छलफल हुने बताएका हुन् । 

गृह जिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्र मन्त्री साउँदले आज ९आइतबार० प्रेस युनियन कञ्चनपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । 

 उनले भने,  ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ, छिट्टै मिति तय भएर भ्रमण हुन्छ ।’ उनले भने, ‘थुप्रै आयोजनामा एमओयुका काम छन्, सीमाका समस्या  समाधानका कुरा छन्, महाकाली सिचाई तेस्रो चरणको पानीको कुरा छ, पुराना सन्धि सम्झौताका कुरा छन् ।’ उहाँले भन्नुभयो, ‘सबै पक्षको प्राथमिकता निर्धारण गरी छलफलबाट समाधान निकाल्छौ ।’

२०८० वैशाख १७ १२:१३ बजे

प्रतिक्रिया