ओलीले किन गरे प्रचण्डलाई फोन ?

ओलीले किन गरे प्रचण्डलाई फोन ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २९ ०१:४७ बजे
ओली

काठमाडौं ।  सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रदेश र संघको निर्वाचन गर्ने भएको छ । आगामी मंसिरमा हुने निर्वाचनमा नेकपा एमाले एक र  अन्य पाँच दलको गठबन्धन हुने  देखिएको छ । तर पाँच दलीय गठबन्धनमा दलहरुबीच सिटको बाँटफाँट नमिलेपछि फेरि पाँच दलिए गठबन्धन  छुट्ने हो की भन्ने प्रश्नहरु उठेका छन् । ५दलीय गठबन्धनमा नेपाली कांग्रेस एक्लैल १०० सिट  मागेको छ भने अन्य दलले नेपाली कांग्रेसले ८० सिट लिनुपर्ने अडान राख्दै आएका छन्। 

निर्वाचन नजिकिदै  गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने देश विदेश यात्रा र चलखेल निकै बढेको छ । जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमला संगको अन्तरवार्ता मा माओवादी केन्द्रका नेता  अनिल  शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच फोन वार्ता  भएको बताएका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापानको भर्मण हुनुभन्दा पहिले केपी शर्मा ओली र  प्रचण्डबीच फोन वार्ता भएको बताएका हुन् ।

तर उनले अहिलेको निर्वाचनमा एमालेसँग चुनावको तालमेलको सम्भावना नरहेको बताएका छन् । उनले केपी ओलीले विगतमा गरेका गल्तीहरुलाई महसुस गर्दै अहिले अध्यक्ष प्रचण्डसँग फोन गरेको हुन सक्ने बताएका छन्।

२०७९ साउन २९ ०१:४७ बजे

प्रतिक्रिया