एसीसी प्रिमियर कप : फाइनलमा  नेपाल र युएई  भिड्ने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १६ १७:२१ बजे

काठमाडौँ । नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाल र युएई भिड्ने भएका छन् । नेपाल र कुवेतबिचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने ,युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबिचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको हो । फाइनल खेल सोमबार हुँदै छ ।

२०८० वैशाख १६ १७:२१ बजे

प्रतिक्रिया