नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १६ १४:३९ बजे

काठमाडौँ । जारी एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो। वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गरे । कुशलले ४४ बलमा समान ४\४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।

ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।

करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३/३ विकेट लिए।

२०८० वैशाख १६ १४:३९ बजे

प्रतिक्रिया