लडाकुका नाममा लिएको ९५ करोड कहाँ गयो  ? 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १५ १४:२६ बजे

काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरूलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णयको  खारेजीको माग गरेको छ । 

प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्  । । आर्थिक संकटमा रहेकाले वृत्त भत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उनको भनाइरहेको छ । 

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्टाए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले भने, ‘सत्य निरूपण तथा मेलमिलापको काम थाती राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदै छ ।’

अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले  त्यो रकम कहाँ गयो भनेर प्रश्न समेत गरे ।  

अर्थतन्त्र शिथिल भएको बेला अन्मिनको प्रमाणीकरणमा नपरेका माओवादी पूर्व लडाकुलाई रकम वितरणका लागि गृह मन्त्रालयले कार्यविधि पास गरेकोमा उनले  आपत्ति जनाएका छन् । 

२०८० वैशाख १५ १४:२६ बजे

प्रतिक्रिया