काठमाडौँ । फोक्सोमा समस्या आएपछि उपचारको लागि भारत गएका राष्ट्रपतिको रामचन्द्र पौडेको स्वाथ्यमा सुधार आएको छ । राष्ट्रपतिको स्वास्थ्य बिस्तारै सुधार हुँदै गएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको सचिवालयले आज एक प्रेस विज्ञप्ति मार्फत राष्ट्रपतिको स्वास्थ्य सुधार भएको बताएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्युटमा अफ मेकिकल साइन्सेस ९एम्स० मा उपचार भइरहेको छ ।
राष्ट्रपतिको सचिवालयले राष्ट्रपतिको उपचारको विषयमा उठेका विभिन्न प्रश्नहरूप्रति ध्यानाकर्षण भएको बताएका छन् । सचिवालयले राष्ट्रपतिको नेपालमै उपचार गर्ने इच्छा भएको तर राष्ट्रपति प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको सल्लाह उपचारका लागि भारत गएको जनाएको छ । राष्ट्रपतिको कार्यालयले पौडेलको उपचार नेपाल सरकारको निर्णय र कानुन बमोजिम भइरहेका बताउँदै राष्ट्रपतिको स्वास्थ्य उपचारलाई लिएर भ्रामक सुचना र समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रपतिको सचिवालयले राष्ट्रपति उपचारका क्रममा भत्ता पाउने भन्ने लगायतका समाचार सम्प्रेषण गरी भ्रम फैलाउन खेजिएको बताएको छ ।
प्रतिक्रिया