सँसदीय प्रणालीका पार्टी र नेता फेल भए - वास्तोला

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ २०:०९ बजे

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको उपचुनावको परिणामले पुष्टि गरेको बताएका छन् । उपनिर्वाचनमा सँसदीय व्यवस्थाका पार्टी र नेताको विकल्प जनताले खोजेको कुरा मतपरिणाम वाट प्रष्ट  भएको छ।  सत्ताधारी गठवन्धन ले अपेक्षित मतपरिणाम प्राप्त गर्न सकेन उन ले वताए।

लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रछानमा पुर्‍याउन लागेको भन्दै आफूले इमानदार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’को बुधबार विमोचन गर्दै बास्तोलाले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखाएको र जनतामा बितृष्णा पैदा भएको  यसको  विकल्प नयाँजनवादी क्रान्ति वाट प्राप्त हुने जनवादी सरकार भएको कुरा वताएका हुन् ।

 सँवाद   डवलीमा  नाट्य कृर्ति विमोचन गर्दै  पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको उनको भनाइ थियो । संयोजक बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपी लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए ।



२०८० वैशाख १३ २०:०९ बजे

प्रतिक्रिया