पार्टी एकता घोषणा सभा हुने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ ११:०८ बजे

 काठमाण्डौ।   नेपाल कम्युनिष्ट पार्टी (मशाल) , नेकपा( क्रान्तिकारी- माओवादी) र नेकपा(वहुमत) विच पार्टी एकताका लागि प्रत्येक पार्टी वाट सात –सात जना रहने गरी एक्काइस जनाको वार्ता समिति निर्मांण गरेका थिए। तिनवटै पार्टी विचमा समानता र मतभेदहरुका विषयमा छलफल गर्दै जादा नेकपा(क्रान्तिकारी-माओवादी) र नेकपा(वहुमत) विच मतभेदका विषयहरुको टुङ्गो लागी सकेको र नेकपा (मशाल) सँग छलफल निरन्तर चलिरहेको कुरा नेकपा (वहुमत)का नेता उदय चलाउनेले वताएका छन।

नेकपा(क्रान्तिकारी- माओवादी) र नेकपा(वहुमत) विच यहि वैशाख १८ गते १३४औ मजदुर दिवशको सन्दर्भमा काठमाण्डौको खुल्ला मञ्चमा पार्टी एकता  घोषणा सभा हुने सम्वन्धित पार्टीका केन्दिय कार्यालय ले जनाएका छन। यि दुवै पार्टीहरु नेकपा(माओवादी केन्द्र) वाट  विभाजित भएका थिए। मोहन वैधको नेतृत्वमा नेकपा(क्रान्तिकारी- माओवादी) पार्टी गठन भए पछि नेत्रविक्रम चन्द्रको नेतृत्वमा सो पार्टी वाट विद्रोह गरी नेकपा निर्माण गरेका थिए।

नेत्र विक्रम चन्दको नेतृत्वका पार्टीमा  पनि विभाजन भइ धर्मेन्द्र वास्तोलाको नेतृत्वमा नेकपा(वहुमत) गठन गरिएको हो। पुर्व माओवादीहरु विच पार्टी एकता हुन गइरहेको छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा आज दक्षिणपन्थि सँशोधनवादीहरुको पकड रहेको अवस्थामा आधारभुतरुपमा राजनिति र सिदान्त मिल्ने पार्टीहरु विच एकता हुनु स्वाभाविक रहेको र यसले  क्रान्तिकारी विचार राख्नेहरुमा उत्साह र आशा पलाएको कुरा पनि जनक विष्टले वताए।  

नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको लामो श्रृखला लाइ समाप्त गर्दै यि पार्टीहरु विच एकता  हुनगइरहेको छ।निकट भविष्यमा नेकपा(मशाल)  सँग पनि पार्टी एकता हुने कुरा नेकपा(वहुमत)का नेता  उदय चलाउने ले वताए।


२०८० वैशाख १३ ११:०८ बजे

प्रतिक्रिया