राष्ट्रिय जनमोर्चा समन्वय समितिको प्रदेश न.१ मा १७ सदस्यीय प्रदेश कमिटि गठन

राष्ट्रिय जनमोर्चा समन्वय समितिको प्रदेश न.१ मा १७ सदस्यीय प्रदेश कमिटि गठन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २८ २०:३७ बजे
राष्ट्रिय जनमोर्चा समन्वय समिति

झापा।  राष्ट्रिय जनमोर्चा समन्वय समिति को एक न. प्रदेश भेलाले  झापाको दमक नगरपालिकामा नेकपा (मसाल)को   १७ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ ।   महाधिवेशन आयोजक कमिटिका केन्द्रिय नेता गँगा पौडेलको प्रमुख आतिथ्यता र राजमो केन्द्रिय समन्वय समिति उपाध्यक्ष . सुरेन्द्र भण्डारी,विशिष्ट अथिति, पार्टी नेता योगेन्द्र ढकाल को बिशेष उपस्थितिमा सम्पन्न भएको छ।

भेलाले  बालकृष्ण सुवेदीको अध्यक्षतामा एघार जना पुर्ण सदस्य र  छ जना सल्लाकार गरी १७ जनाको प्रदेश कमिटि गठन गरिएको छ।जस्मा  उपाध्यक्ष,सचिव,सहसचिव, कोषाअध्यक्ष कम्रशः   राधिका खतिवडा (मोरङ),   सन्तोषि राई (झापा)आशिष जबेगु (इलाम) , कोषाध्यक्ष कमल ढकाल (मोरङ) सदस्यहरुमा  धर्म बस्नेत (सुनसरी)  रोशन राई (झापा), हर्क लावती (इलाम)  पुष्प सुवेदी (मोरङ)   शिव फुयाल (झापा),  इश्वरी सुवेदी (सुनसरी) सल्लाहकारमा ।  व्रत कुमार राई (इलाम),  दिप खड्का (धरान, सुनसरी) राजिमसुर राई (मोरङ) पुरुषोत्तम काफ्ले, खगेन्द्र बस्नेत (मोरङ) बुद्धि राई (मोरङ) निर्वाचित हुनु भए कुरा कमिटि सहसचिव आशिष जवेगुले बताउनु भयो।

२०७९ साउन २८ २०:३७ बजे

प्रतिक्रिया