सन्दीप लामिछानेको मुद्दाको सुवाई अर्को पेसीमा

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ १७:२९ बजे

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुुनुवाई गरे । ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।

अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको हो । नम्बर–२० इजलामा जाहेरवाला तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् । लामिछाने तर्फका कानुन व्यवसायीको तर्फबाट सोमबार बहस भएन ।

२०८० वैशाख ११ १७:२९ बजे

प्रतिक्रिया