नेपाल र साउदीको खेल वर्षाको कारण अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ १२:२७ बजे

काठमाडौँ । बिहानै देखिको सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल  साउदी अरबबीचको खेल नहुने सम्भावना बढेर गएको छ । मूलपानी क्रिकेट मैदानमा सिमसिमे झरी परेकाले खेल नहुने सम्भावना बढेको हो । 

बिहान ९ बजेदेखि हुने  भनिएको खेल अहिले वर्षाको कारणले कुनै सम्भावनाको सङ्केत देखिएको छैन । दिउँसो सवा २ बजेसम्ममा खेल सुरु हुन नसकेमा यो खेल रद्द हुने छ ।

२०८० वैशाख ११ १२:२७ बजे

प्रतिक्रिया